पर्यटकको आगमन बढेसँगै होटलहरुको नाफा

२८ माघ, काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेसँगै होटलहरुको नाफा बढेको छ । ¥याडिसन होटल सञ्चालन गर्दै आएको ओरियन्टल होटल कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको समीक्षा अवधिको तुलनामा ४६ प्रतिशत बढेको छ ।

कम्पनीले डिसेम्बर ३१ (पुस १५) सम्मलाई दोस्रो त्रैमासिक अवधि मान्दै वित्तीय विवरण सार्वजनिक गरेको हो । वित्तीय विवरणअनुसार जुलाइदेखि डिसेम्बरसम्म कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३ करोड ६५ लाख रुपैयाँ थियो । कम्पनीले आफ्नो वित्तीय विवरणमै विदेशी पर्यटकको आगमन बढ्दा कुल आम्दानीसँगै नाफा बढेको स्पष्ट पारेको छ । कम्पनीको सञ्चालन आम्दानी ६ महिनामा ५६ करोड १ लाख रुपैयाँ छ । गत वर्षको समीक्षा अवधिमा यस्तो आम्दानी ४३ करोड ९० लाख रुपैयाँ थियो । दोस्रो त्रैमासिक अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७४ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३४२ रुपैयाँ ५८ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.