नेपाल र अमेरिकाबीचको टी–२० सिरिज भोलिदेखि सुरु

२०८१ कार्तिक १

नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० सिरिज भोलिदेखि सुरु हुँदैछ।

नेपाली समयअनुसार शुक्रबार विहान ५ः४५ बजे तथा अमेरिकाको टेक्सासको समयअनुसार साँझ ७ बजे खेल हुनेछ।

नेपाल र अमेरिकाबीचको सिरिज टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा हुनेछ।

नेपाल र अमेरिकाबीच यो पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ।

आइसिसीले सन् २०१९ मा सबै देशको खेललाई अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपाल र अमेरिका टी–२० मा पहिलो पटक भिड्न लगेका हुन्।

यसअघि आइसिसी टी–२० विश्वकपअन्तर्गत वाम अप खेलमा नेपाल र अमेरिका खेल्ने तालिका भए पनि डलासमा भारी वर्षा हुँदा रद्द भएको थियो।

नेपाली टोली क्यानडामा आइसिसी विश्वकप लिग–२ को सिरिज र टी–२० सिरिज खेलेपछि अमेरिका पुगेको थियो। क्यानडा र ओमानविरूद्धको दुवै सिरिजमा नेपालले खराब प्रदर्शन गरेको थियो।

अमेरिकासँगको खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने हुनेछैनन्। उनी भिसाका कारण अमेरिका जान नपाएका हुन्।

नेपालले अमेरिकासँग तीन वटा टी–२० सिरिज खेलेपछि विश्वकप लिग–२ को सिरिज खेल्नेछ। लिग–२ को सिरिजमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछं।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.