अस्ट्रेलियासँगको हारपछि भारतको सेमिफाइनल सम्भावना कमजोर

२०८१ आश्विन २८
भारतविरुद्ध जितपछि अस्ट्रेलियाको खुशी । तस्बिर : क्रिकइन्फो

दुबई – अस्ट्रेलियासँगको हारपछि भारतले महिला विश्वकप टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेशका लागि न्युजिल्यान्ड र पाकिस्तानको खेलको प्रतीक्षा गर्नुपर्ने भएको छ ।

अस्ट्रेलिया प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने पाकिस्तानले न्युजिल्यान्डसँगको खेलमा जित हात पारेमा नेटरन रेटको आधारमा सेमिफाइनल प्रवेश गर्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । सो खेलमा जित हात पारेमा न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गर्नेछ।

आइतबार भएको खेलमा पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेटको क्षतिमा १५१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १४२ रन मात्र बनाएको हो ।

६.५ ओभरमा ३ विकेटको क्षतिमा ४७ रन बनाएको भारतका कप्तान हरमन प्रीत कौर र दीप्ति शर्माले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरे । ११० रनमा शर्मालाई गुमाएको भारतका छैटौँ क्रम भन्दा तलका कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । कौर ५४ रनमा अविजित रहिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ग्रेस ह्यारिसले ४१ बलमा ४० रनको योगदान गरिन् । ब्याटिङतर्फ १० रन जोडेर बलिङमा २ विकेट लिएकी अनाबल सुदलल्यान्ड खेलको म्यान अफ द म्याच घोषित भइन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.