दुबईमा समिर जोशी उत्कृष्ट निर्देशक अवार्डबाट सम्मानित

0
198

दुबईमा सम्पन्न भएको दोस्रो ग्लोवल इन्टरनेशनल अवार्ड्समा “खै कुरा बुझेको ?” टेलिश्रृंखलाबाट लेखक तथा निर्देशक समिर जोशीले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । वल्ड वाइड मिडिया नेटर्वकद्वारा आयोजित अर्वाड कार्यक्रममा उपस्थित हुन नसकेका पुरस्कृत व्यक्तित्वलाई वल्ड वाइड मिडिया नेटर्वकका अध्यक्ष रामकृष्ण श्रेष्ठले नेपालमा नै अर्वाड वितरण गरेका हुन् ।

जोशीले निर्देशन गरेका सामाजिक तथा पारिवारिक कथावस्तुमा प्रस्तुत गरिएको खै कुरा बुझेको ? टेलिश्रृंखला डिश होमको रियालिटी टिभीबाट प्रसारण गरिएको थियो । लामो समयदेखि चत्रचित्र निर्देशक तथा सञ्चारकर्मीको रुपमा सक्रिय रहेका जोशी आफूले उत्कृष्ट निर्देशकको अवार्ड पाएपछि थप आफ्नो कार्यमा थप उर्जा र हौसला बढेको बताए । उनले आउँदा दिनहरुमा अझ आफ्ना काममा कटिवद्ध भएर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

“खै कुरा बुझेको ?” टेलिश्रृंखलामा विशेष गरी सामाजिक र पारिवारिक विषयवस्तु उठान गर्न खोजिएको निर्देशक जोशीको भनाइ छ । नयाँ सिरियल मेरो “एउटा प्रेम कथा”को लागि तयारीमा रहेका जोशी हाल नाइस टेलिजिभन एचडीको प्रमुख कार्यकारी निर्माताका रुपमा कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here