काठमाडौं।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० वरियता सर्वाजनिक गरेको छ। आईसीसीले सोमबार सार्वजनिक गरेको टी–२० वरियतामा नेपालले एक स्थान सुधार गरेको छ।
नेपालले एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको छ। हालै घरेलु मैदानमा सकिएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेसँगै नेपालको वरियता सुधार भएको हो। यूएईलाई पछि पार्दै नेपाल १२औँ स्थानमा उक्लिएको हो।
यूएई १३औँ स्थानमा झरेको छ। त्रिवि मैदानमा भएको मलेसिया र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टी–२० सिरिजका पाँचवटै म्याच नेपालले जितेको थियो।
नेपालले पछिल्ला १० टी–२० अन्तर्राष्ट्रिय खेलमध्य ९ खेलमा जित हात पारेको छ। नेपालको ३२ खेलमा ६ हजार ४८ प्वाइन्ट र १ सय ८९ रेटिङ अंक रहेको छ। टी–२० वरियताको शीर्ष स्थानमा भारत रहेको छ ।
इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, न्यूजिल्याण्ड, चौथो दक्षिण अफ्रिका पाँचौं स्थानमा रहँदा अष्ट्रेलिया छैटौं नम्बरमा रहेको छ। स्कटल्याण्ड १४औं र आयरल्यान्ड १५ औं स्थानमा छन्। एकदिवसीय वरियतामा नेपाल १८औं स्थानमा छ।