साइक्लिङ म्याराथन प्रतियोगिताको उपाधि सुरज र उषालाई

0
354

चितवनमा पहिलोपटक सम्पन्न प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन प्रतियोगिताको उपाधि काठमाडौंका सुरज राना मगर र उषा खनालले हात पारेका छन् । प्रज्ञा स्मृति प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजनामा भएको प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा भएको थियो । पुरुष इलिटतर्फ ६५ किलोमिटरको दुरी १ घण्टा ५६ मिनेट २० सेकेन्डमा पार गर्दै काठमाडौंका सुरज राना मगर पहिलो भए ।

उनले नगद ४५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै १ घण्टा ५६ मिनेट ३२ सेकेन्डमा दुरी पार गर्दै त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा दोस्रो भए । उनले नगद ३५ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्राप्त गरे । १ घण्टा ५६ मिनेट ४० सेकेन्डमा दुरी पार गर्दै गण्डकीका हिक्मत विक तृतीय भए । उनले ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here