टेलिशृंखला मेरो एउटा प्रेमकथा को शिर्ष गीत रेकर्डिङ सम्पन्न

0
332

काठमाडौं । निर्देशक समिर जोशीको निर्देशनमा सत्यकथामा आधारित टेलिशृंखला मेरो एउटा प्रेमकथा को शिर्ष गीत रेकर्डिङ सम्पन्न भयो।

रत्न शोभा महर्जनको आवाजमा सुमन कपाली को संगीत र ज्योति खतिवडा को रचना रहेको उक्त मेरो एउटा प्रेमकथा को निर्माता सानु नेपाल रहेको छ भने पटकथा सम्बाद ज्योति खतिवडा उषा किरण अधिकारी र समिर जोशीको रहेको छ।

शिघ्र छायंकनमा जाने उक्त टेलिशृंखलाको कलाकार छनोट र पटकथा सम्बाद लेखन कार्य तिब्र रुप मा भैरहेको निर्माता सानु नेपालले जनाउनु भयो ।

उक्त कथा (टेलिशृंखला) भने आमदर्शकले पठाएको आफ्नै प्रेमकथामा आधारित हुने निर्देशन जोशीले बताए । साथै टेलिशृंखलामा विभिन्न सेलेब्रेटी तथा अन्य चर्चित व्यक्तिहरुको प्रेमकथा समेत प्रस्तुत गरिनेछ ।

digi pay को प्रस्तुती, sanu movies र binav creations द्वारा निर्माण हुने उक्त टेलिशृंखलाको छायांकन बिनोद श्रेष्ठले गर्नेछन् भने सुनिल श्रेष्ठले सम्पादन गर्नेछन् ।

आम दर्शकलाई आफ्नो प्रेमकथा binavcreations@gmail.com मा पठाउन निर्माण संस्थाले आह्वान गरेको छ ।

तपाइँले आफ्नो जीवनमा भोगेको (तपाइँको प्रेमकथा)_ binavcreations@gmail.com मा पठाउनुभयो भने तपाइँको कथा टेलिश्रृंखलामार्फत प्रसारण गरिनेछ अनि आफै पनि अभिनय गर्न पनि सक्ने निर्देशक जोशी ले बताए ।

तपाइँले पठाउनुभएको कथा उत्कृष्ट अर्थात प्रशारणयोग्य भएमा उचित पारिश्रमिक समेत प्रदान गरिने निर्माता सानु नेपालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here