जनमत पार्टीका कार्यकर्ताले निमित्त प्रमुखलाई कु टपिट, प्रशासन भने मुकदर्शक

0
133

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै अर्धन ग्न पारेर नगर घुमाएका छन् । उनीहरुले अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै गु ण्डाशैलीमा संस्थानका निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई कु टपिट गर्दै नगर परिक्रमा गराएका हुन् ।

जनकपुरधामको रामानन्द चोकस्थित कार्यालयमा लाठीसहित पुगेका जनमत पार्टीका कार्यकर्ताले कुश्वाहालाई जबरज स्ती कार्यालयबाट बाहिर निकालेर कु टपिट गर्दै गरेका थिए । उनीहरुले निमित्त प्रमुख कुश्वाहाको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलिदिएका थिए ।

निमित्त प्रमुख कुश्वाहालाई अर्धनग्न बनाएर गु ण्डाशैलीमा कु टपिट गरी नगर परिक्रमा गराइरहँदा प्रहरी प्रशासन भने मुकदर्शक थियो ।

यसैबीच प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अन्य नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here