भोली सार्बजनिक बिदा…

0
99

नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा प्रत्येक बर्ष बिदा हुने गर्दछ ।

यसबर्ष संघीय सरकारले असोज २६ गते मंगलबारदेखि असोज ३० गते शनिबारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन दसैं बिदा दिएपनि सुदूरपश्चिम प्रदेश सरकारले बिदा थप गरेको छ ।सार्बजनिक बिदा दिने निर्णय सुदूरपश्चिम सरकारले गरेको हो ।

सोहीअनरुप भोलि असोज ३१ गते पनि सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा हुने भएको हो । सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेशभर भोलि पनि बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले जानकारी दिए।

उनका अनुसार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरीसकेको छ।

संघीय सरकारले यो वर्ष असोज २६ गते मंगलबारदेखि असोज ३० गते शनिबारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन दसैं बिदा दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here