भाइरल झाँक्रीको सर्पले टो केर म ृत्यु

0
107

ताप्लेजुङ — ’भाइरल झाँक्री’का नामले परिचित फुङलिङ नगरपालिका–९, हाङदेवा, ताप्लेजुङका कृष्णबहादुर घतानीको सर्पले टोकेर म ृत्यु भएको छ । शुक्रबार बेलुका दसैंको टीका लगाएर देवलिङगेबाट साँझ घर फर्किएका उनलाई घरमै सर्पले ट ोके र उपचारको क्रममा जिल्ला अस्पतालमा म ृत्यु भएको छिमेकी सञ्चपाल मादेनले जानकारी दिए ।

मादेनकाअनुसार सर्प खुट्टामा बेरिएपछि हातले समाएर फाल्न खोज्दा देब्रे हातको हत्केलामा टोकेको थियो । करेत सर्पले टोकेको र सर्पपनि उनैले म ारेको मादेनले बताए ।

सर्पले टोकेपछि झारफुकका लागि हिँडेको र ढिलो अस्पताल ल्याउँदा उनको म ृत्यु भएको हो । २५ वर्षिय घतानी आफूपनि धामी झाँक्रीको काम गर्ने गर्दथे ।

अस्पताल भर्ना गरेको केही समय पश्चात नै उनको उपचारको क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवं प्रवक्ता राकेश यादवले जानकारी दिए ।

ताप्लेजुङमा प्रत्येक वर्ष सर्पले टोकेर मानवीय क्ष् ाती हुने गरेको छ । अलैंची टिप्ने यो सिजनमा सबैभन्दा बढी सर्पले टोक्ने घटनाहरु हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here