साफ च्याम्पियनसिप:भारत–श्रीलंका गोलरहित बराबर, नेपाल फाइनल पुग्ने सम्भावना थप बलियो

0
59

काठमाडौं । साफ च्याम्पियनसिपको सबैभन्दा सफल टोली भारतले आज श्रीलंकासँग गोलरहित बराबरी खेलेपछि नेपालको फाइनल पुग्ने सम्भावना थप बलियो बनेको छ ।

पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेको भारत आज श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको हो । यससँगै सात पटकको विजेता भारतले दुई खेलबाट दुई अंक जोडेको छ । नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । नेपाल अंकतालिकाको शीर्ष स्थानमा छ । श्रीलंका पहिलो खेलमा बंगालदेश र दोस्रो खेलमा नेपालसँग हारेको थियो ।

यस संस्करणमा पाँच टोलीले मात्र सहभागिता जनाएका छन् । राउन्ड रोबिन प्रणालीमा खेलाइएको प्रतियोगितामा लिग चरणको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । त्यसकारण पहिलो दुई खेलमा अपेक्षाकृत नतिजा हात नपारेपछि भारत दबावमा परेको हो ।

भारतले अब नेपाल र आयोजक माल्दिभ्स खेल्न बाँकी छ । भारतलाई फाइनलमा स्थान बनाउनका लागि बाँकी खेल जित्नै पर्छ र अन्य खेलको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्छ । नेपालले अब बंगलादेश र भारतविरुद्ध खेल्नेछ ।

न्यिदब िदबलप
आजै दोस्रो खेलमा बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछ । बंगलादेशले दुई खेलबाट चार अङ्क जोडेको छ । माल्दिभ्स पहिलो खेलमा नेपालसँग १–० ले पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here