बैंगलोर हैदराबादसँग पराजित

0
75

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल्स च्यालेन्जर्स बैंगलोरमाथि जित निकालेको छ । बुधबार राति भएको खेलमा हैदराबादले बैंगलोरमाथि ४ रनको जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा हैदराबादले दिएको १४२ रनको लक्ष्य बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो ।

बैंगलोरका लागि देभदत्त पाडिकलले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै, ग्लेन म्याक्सवेलले ४० रन बनाउँदा एभी डिभिलियर्सले १९ र साहबाज अहमेदले १४ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

हैदराबादका लागि जेसन रोयले सर्वाधिक ४४ रनको योगदान गरे । त्यस्तै केन विलियमसनले ३१ रन बनाउँदा जेसन होल्डरले १६ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि हर्सल पटेलले सर्वाधिक ३ विकेट लिए । त्यस्तै डान क्रिचियनले २ विकेट लिँदा गोर्गे गार्टाेन र युजभेन्द्र चहालले समान एक–एक विकेट लिए ।

आजको खेलमा जित निकालेपनि हैदराबाद प्रतियोगिताबाट बाहिरिसकेको छ । तालिकाको पुछारमा रहेको हैदराबादले लिगमा १३ खेल खेल्दै ६ अङ्क जोडेको छ ।

पराजित बैंगलोर १६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here