नेपाली काँग्रेसको काठमाडौं महानगरपालिका अधिवेशनमा शाक्यको प्यानल नै विजयी

0
116

नेपाली काँग्रेसको काठमाडौं महानगरपालिका अधिवेशनमा निलकाजी शाक्य विजयी भएका छन् । शाक्यले ७ सय ९६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याएका छन् ।

शाक्यलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र गगन थापाको समर्थन थियो भने रञ्जितलाई सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको साथ थियो । तर सिंह थापा निकट शाक्यको प्यानल नै विजयी भएको छ ।

शाक्य प्यानलबाटै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन निर्वाचित भएका छन् ।

यस्तै सचिवमा सुशन वैद्य र पुरषोत्तम खकुरेल विजयी हुँदा सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here