एमाले प्रथम विधान महाधिवेशन १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ

0
43

काठमाडौं । एमाले प्रथम विधान महाधिवेशन १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

गत शुक्रबारदेखि चलेको विधान महाधिवेशनले जारी गरेको घोषणापत्रमा लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि भोगचलनमा ल्याउने गरी कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरेको छ ।

स्थानीय तहको निर्वाचनको तयारी थाल्न सरकारलाई आग्रह गरेको एमालेले पार्टी फुटाउने अध्यादेश ल्याएको भन्दै क्षोभ प्रकट गरेको छ ।

समसामयिक राजनीतिक प्रस्ताव मस्यौदा समितिका सदस्य रघुजी पन्तले पेस गरेको १५ बुँदे घोषणापत्र पारित गरेको हो

एमालेको १०औँ महाधिवेशन बुटवलमा हुने भएको छ । गोदावरीमा चलेको तीन दिने प्रथम विधान महाधिवेशन समापन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका हुन् ।

केही कुराले असर नगरेमा १०औँ महाधिवेशन बुटवलमा गर्नेछौँ’, अध्यक्ष ओलीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here