आज सुनचाँदीको मूल्य बृद्धि

0
106

आज सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको भाउ प्रतितोला २०० रुपैयाँ र चाँदी २० रुपैयाँ बढेको हो ।

आज छापवाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । गत शुक्रबार सोही सुनको भाउ ८९ हजार ६०० रुपैयाँ रहेको महासंघले जनाएको छ । यसअघि ८९ हजार १५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ आज बढेर ८९ हजार ३५० रुपैयाँ पुगेको छ ।

यता, चाँदी प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार हुनेछ । गत शुक्रबार चाँदीको भाउ एक हजार १४० रुपैयाँ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here