युभेन्टसको संघर्षपूर्ण जित

0
96

काठमाडौं । युभेन्टसले इटालियन सिरी ए फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले टोरिनोमाथि १–० गोलको जित निकालेको हो ।

टोरिनोको घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि मनुएल लोकाटेलीले निर्णायक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्टसका लागि लोकाटेलीले ८६औं मिनेटमा गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाएका हुने ।

लोकाटेलीले खेलको ८६औँ मिनेटमा गोल गरे । लिगमा ७ खेल खेलेको युभेन्टसको यो सिजनको तेस्रो जित हो ।
जितसँगै युभेन्टस तालिकाको आठौँ स्थानमा उक्लेको छ । लिगमा ७ खेल खेलेको युभेन्टसले ११ अंक जोडेको छ ।
पराजित टोरिनोले ८ अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here