सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायो

0
71

काठमाडौँ । लिमी लाप्चादेखि हिल्सासम्मको सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ ।

समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाँणलाई बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै मन्त्री खाँणले समितिले स्थलगत अध्ययन गरेर सत्यतथ्य पत्ता लगाई तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रिपरिषद् बैठकले गत भदौ १६ मा सो सीमा अध्ययनका लागि समिति बनाएको थियो ।

गत भदौ २५ मा १५ दिनको समय लिई टोली हुम्ला प्रस्थान गरेको हो । असोज २ गते अध्ययन टोली काठमाडौं फर्किएर प्रतिवेदन लेखनमा जुटेको थियो । प्रतिवेदनमा उल्लेख गरिएका सुझाव भने गृहले सार्वजनिक गरेको छैन ।

यसैबीच गृहमन्त्री खाँणले प्रतिवेदन गृहसचिव टेकनारायण पाण्डेलाई हस्तान्तरण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here