अवैध रुपमा मदिरा उत्पादन गर्ने चिनियाँ नागरिक पक्राउ

0
214

चिनिया नागरिकले अवैध रुपमा मदिरा उत्पादन गरी विक्रि वितरण गरिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा मिति २०७८।०४।१५ गते महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले का.जि.का.म.न.पा. वडा नं. २६ ठमेल स्थित छिन्ता लामाको घर भाडामा लिई मिति २०७८/०१/१० गते होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रा.लि. दर्ता गरी अवैध रुपमा मदिरा उत्पादन गरी चिनियाँ नागरिक SHI ZHIWEI ले लुकाईछिपाई राखेको अवस्थामा अवैध मदिरा उत्पादन गर्ने मेसिन र उक्त मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पद्वार्थ साथै विक्रि वितरणको लागि तयार पारिएको मदिरा समेत आन्तरिक राजस्व कार्यालय महाराजगंज र स्थानिय जनप्रतिनिधिको रोहबरमा बरामद गरि निम्न ब्यक्ति पक्राउ गरि आवश्यक कानुनी कारवाहीको लागि मिति २०७८/०४/१५ गते आन्तरिक राजस्व कार्यालय महाराजगंज,काठमाण्डौमा बुझाउने प्रक्रियामा रहेको ।

पक्राउ व्यक्तिहरु

१. नामः-SHI ZHIWEIउमेरः- ५६ वर्ष ठेगानाः- JIANGSU,CHINAहालः- का.जि.का.म.न.पा. वडा नं. २६ ठमेल

बरामद दशिको सामान१. चार वटा स्टिलको मेसिन , मदिरा जम्मा गर्ने ट्याङ्की , मदिरा तौल गर्ने मेसिन , रातो हरियो रङको ८० लि. को प्लाष्टकक ड्रममा रहेको अवैध मदिरा उत्पादन हुने कच्चा पद्वार्थ ड्रम ११३ थान ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here