गायन, नृत्य र अभिनयको प्रतिभा छान्ने अनलाइन रियालिटी शो आयोजना हुने

0
256

काठमाडौं । नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट तीन वटा विधा गायन, नृत्य र अभिनयको प्रतिभा छान्ने अनलाइन रियालिटी शो आयोजना हुने भएको छ ।

भारतीय सङ्गीत क्षेत्रमा स्थापित टी–सिरिज स्टेज वर्क गुहावटी र टी–सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा नेपालका लागि अधिकारिक प्रतिनिधि काइजेन इन्क प्राइभेट लिमिटेडको आयोजनामा नाइस टेलिभिजन एचडी मार्फत युनिक डिजिटल अनलाइन ट्यालेण्ट हन्ट रियालिटी शो को आयोजना गरिने भएको छ ।

डिजिटल पेमेन्ट गेटवे ‘डीजी–पे’मुख्य प्रयोजक रहने कार्यक्रममा तीनवटै विधाका विजेतालाई टी–सिरीज स्टेज वर्क गुहाटीमा काइजेन इन्कको तर्फबाट १० लाख बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । मुख्य विजेताले १०० प्रतिशत, उप–विजेताले ७५ प्रतिशत र तेस्रो स्थान हासिल गर्नेले पनि सङ्गीत, नृत्य वा अभिनय प्रशिक्षणमा ५० प्रतिशत छात्रवृत्ति पाउने छन् । विजेताहरू तथा प्रतिस्पर्धीहरूले उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक गिफ्ट ह्याम्परहरू समेत प्राप्त गर्ने बताइएको छ ।

छनोट चरणका ८ सेमी फाइनलका २ र ग्राण्ड फिनालेको १ सहित ११ एपिसोडमा पूरा हुने रियालिटी शोमा विजेताको छनोट निर्णायकको अङ्क, डिजिटल भोटिङ र शोसल मिडियाको प्वाइन्टका आधारमा गरिने छ । कार्यक्रमलाई भव्य र आकर्षक बनाउन नेपाली र भारतीय चलचित्र र सङ्गीत उद्योगका हस्तीहरूलाई निर्णायकका रूपमा राखिने छ भने प्रत्येक एपिसोडमा तीनवटै विधाका दुई–दुई जना अलग–अलग निर्णायक रहने छन् ।

‘डीजी–पे’का प्रबन्ध निर्देशक दिवाकर पाण्डेले जितहार आफ्नो ठाउँमा भएको र आफनो प्रतिभा देखाउन यतिको राम्रो ठाउँ पाउनु पनि धेरै राम्रो भएको बताए । यस्तो स्तरीय कार्यक्रम प्रयोजन गरी सहभागी हुन पाउँदा खुशी लागेको उनले बताए ।

त्यसैगरी, काइजेन इन्कका कार्यकारी अधिकृत सुस्मा मानन्धरले कार्यक्रमपछि आफनो प्रतिभालाई झन् निखार्न काइजेन इन्कमा सम्र्पक गरी टी–सिरिज स्टेज वर्क गुहावटीमा आफूलाई रोजेको विषयमा अध्ययन गर्न सकिने बताइन् । अनलाइन अडिसनबाट छनोट भएका १२० जना प्रतीस्पर्धीहरूबीच तीन चरणबाट खारिएका प्रतिभाहरूले ग्राण्ड फिनालेमा आफ्नो धमाका देखाउने छन् ।

उक्त रियालिटी ट्यालेन्ट हन्ट नेपालकै दोस्रो स्याटेलाइट एचडी च्यानल नाइस टेलिभिजन एचडीमार्फत साताको दुई दिन शुक्रबार र शनिबार राति ८ः४५ वजे प्रशारण हुने छ । सेमीफाइनल र ग्राण्ड फिनाले भने शनिबार प्रशारण गरिने आयोजकले जनाएको छ ।

यसका साथै प्रतियोगिताको अवधिमा नाइस टीभी एचडीबाट विशेष अनलाइन कुराकानी गरी प्रतिस्पर्धी जुरी र यस कार्यक्रममा सहभागीसँग कुराकानी हुने छ । यस कार्यक्रमका सम्पूर्ण भिडियो जानकारी तथा पोष्टहरू समाजिक सञ्जाल फेसबुक, इन्स्ट्राग्राम, युटुब, टिकटक र क्लब हाउसमा पाउन सकिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here