मन्त्रालयको गाडीमा एक पुरूष र एक महिला निर्वस्त्र , दुई पुरुष र एक महिला पक्राउ

0
209

२४ असार, । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीमा एक पुरूष र एक महिला निर्वस्त्र भेटिएका छन । बुधबार राति जंगलको बीचमा रोकिरहेको मन्त्रालयको गाडीमा दुई जना निर्वस्त्र भेटिएका हुन ।

उनीहरूले गाडीभित्र यौन क्रियाकलाप गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । महानगरी प्रहरी परिसर भक्तपुरका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडाको जङ्गलमा मन्त्रालको गाडीबाट पक्राउ परेका हुन ।

प्रकाउ परेका दुई पुरुष र एक महिला अहिले प्रहरी खोरमा रहेका छन । उनीहरूले अवैध यौन गतिबिधि सञ्चालन गरेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडी पनि प्रहरीले बरामद गरेको छ । गस्तीमा निस्केको प्रहरीको गाडीले उनीहरूलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here