अभिनेत्री जेनी कुँवरद्वारा आत्महत्या

0
210

अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । थापागाउँमा रहेको सनराइज सिटी अपार्टमेन्टमा बस्ने जेनीले त्यहीँ आत्महत्या गरेकी हुन् ।

काठमाडौं प्रहरीका एसपी रमेश बस्नेतका अनुसार जेनी अपार्टमेन्टमा नै झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । बिहीबार बेलुका अनुमानित ९ बजेतिर उनले हात्महत्या गरेको हुन सक्ने बस्नेतले बताए । आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कुँवरले ‘मैदान, जीवनदाता, घायल, हाम्रो मिलन कहिले हुन्छ, मिस्टर डन, हलचल, कसम हजुरको’ लगायत सफल फिल्ममा अभिनय गरेकी थिइन् । ‘घायल’ र ‘हलचल’ फिल्ममा उनले लगानीसमेत गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here