प्रियंका चोपडा ‘भिक्टोरियाज सिक्रेट’को ब्रान्ड प्रतिनिधि

0
92

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा अमेरिकी लन्जरी कम्पनी ‘भिक्टोरियाज सिक्रेट’को ब्रान्ड प्रतिनिधि बनेकी छिन्।

आफ्नो ब्रान्डको छविलाई पुनः सुधार गर्न ‘भिक्टोरियाज सिक्रेट’ले विविधता भएको प्रतिनिधि छानेको थियो, जसमा प्रियंका चोपडाको नाम पनि सूचीमा परेको डन अखबारले लेखेको छ।

ब्रान्डले नयाँ ‘भिएस कलेक्टिभ’ लन्जरीका लागि प्रियंका चोपडासँगै अमेरिकी महिला फुटबल टोलीका कप्तान मेगन राप्पिनोलाई रोजेको छ।


नयाँ प्रतिनिधिहरुमा सुडानी–अष्ट्रेलियन मोडल एडुत अकेच, ब्राजिलियन ट्रान्सजेन्डर मोडल भ्यालेन्टिना सम्पाइओ, प्लस साइज मोडल पालोमा एलेसेर र पत्रकार अमान्डा डी काडेनेट पनि सामेल छन् ।

‘भिक्टोरियाज सिक्रेट’ले नयाँ प्रतिनिधिहरु ल्याएसँगै आफ्ना पुराना सुपरमोडलहरुलाई हटाउने भएको छ। ‘एन्जल्स’ नामले चिनिने ती सुपरमोडलहरुले ‘भिक्टोरियाज सिक्रेट’को फेसन सो र मोडलिङ अभियानमा प्रतिनिधित्व गरेका थिए।

सामान्य महिलाको शरीरको आकार नमिल्ने दुब्ला, अग्ला र राम्रा छाला भएका मोडललाई ब्रान्ड प्रतिनिधि बनाएका कारण ‘भिक्टोरियाज सिक्रेट’ आलोचनामा पर्दै आएको छ। यसको प्रतिस्पर्धी ब्रान्ड ‘स्याभेज एक्स फेन्टी’ले भने विविध रंग र शरीर आकार भएका मोडललाई आफ्नो प्रतिनिधित्व बनाएको छ।

‘ब्रान्डले गर्ने प्रतिनिधित्वले ठूलो भूमिका खेल्छ,’ ‘भिक्टोरियाज सिक्रेट’को ब्रान्ड प्रतिनिधि भएको विषयमा प्रियंका चोपडाले आफ्नो ट्विटरमा लेखेकी छिन्, ‘संसारका सबै विविधाता व्यक्ति महत्वपूर्ण छन् र हामीले उनीहरु छायामा परेका छैनन् भनेर देखाउन जरुरी छ। भिएस कलेक्टिभको संस्थापक पार्टनरको रुपमा म यही काम गर्न चाहन्छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here