नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण

0
106

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण गरिएको छ । बुधबार निर्माण गरिएको आकाशे पुल दुई वटा क्रेनको सहायताले पिल्लरमा चढाइएको हो ।

काठमाडौं सडक डिभिजन कार्यालयले करिब ३ करोड १० लाख रुपैयाँ लागत उक्त आकाशे पुल निर्माण गरेको हो । सम्झौता अनुसार उक्त आकाशेपुल २०७६ पुस मसान्तसम्ममा ठडिइसक्नुपर्ने थियो ।

तर, विविध कारण आज मात्र ठड्याइएको हो । हालसम्म पुलको स्ल्याब मात्र राखिएको छ, अन्य भाग निर्माण कार्य जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here