सविता भण्डारीका लागि न्यायको माग गर्दै बालुवाटारमा प्रदर्शन

0
131

काठमाडौ । सविता भण्डारीका लागि न्यायको माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने क्रममा प्रहरी र अधिकारकर्मीबीच झडप भएको छ । न्यायको माग गर्दै मृतक भण्डारीका आफन्त र अधिकारकर्मीहरुले बालुवाटार घेराउ गर्न खोज्दा झडप भएको हो ।

बैशाख ४ गते २८ वर्षिया सविता भण्डारी चितवनस्थित आफनै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन । आफन्तले घटनालाई रहस्यमय भन्दै सुक्ष्म छानविनका लागि माग गर्दै आएका छन । उनीहरुले चितवन प्रहरीले घटनालाई लुकाउन खोजेको र दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन । उनीहरुले सविताले आत्महत्या नगरेको भन्दै दोषीलाई कानुनुको कटघारमा ल्याउन माग गरेका छन ।

मृतक सविताका परिवारले ससुराले सविताको यौन शोषण गरेको र दाइजो माग गर्दै मानसिक तनाव दिइरहेकोे आरोप लगाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here