सूर्यविनायकबाट एसएलआर राइफलको गोली बरामद

0
106

काठमाडौं, २४ जेठ । प्रहरीले एसएलआर राइफलको लाइभ गोली बरामद गरेको छ । सूर्यविनायक नगरपालिका–४ दक्षिणबाराही मन्दिर नजिक चौताराबाट एसएलआर राइफलको ५ थान लाइभ गोली आइतबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

सोही ठाउँस्थित चौताराको मर्मत गर्ने क्रममा उक्त गोली फेला परेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उक्त गोली बरामद गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here