अभिनेत्री रिया चक्रवर्ती मोस्ट डिजाइरेबल वुमेन २०२० को टपमा

0
151

काठमाडौं । अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि अभिनेत्री रिया चक्रवर्ती निकै विवादमा आएकी आएकी थिइन् । अहिले आएर रिया चक्रवर्तीले ‘द टाइम्स ५० मोस्ट डिजाइरेबल वुमेन २०२०’मा टप गरेकी छन् ।

यस लिष्टमा पछिल्लो एक वर्षमा राम्रो काम गरेका र दर्शकहरुको दिल जित्न सफल भएकाहरुलाई सामेल गरिएको छ । रिया चक्रवर्तीले दीपिका पादुकोण, दिशा पटानी, क्याट्रिना कैफलगायतलाई समेत पछि पार्दै ‘द टाइम्स ५० मोस्ट डिजाइरेबल वुमेन २०२०’को टपमा पर्न सफल भएकी हुन् ।

दोस्रो नम्बरमा मिस युनिभर्स २०२०को तेस्रो रनर अप एडलीन कैस्टोलिनो रहेका छन् । त्यस्तै, दिशा पटानी तेस्रो नम्बरमा, कियरा अडवाणी चौथो नम्बरमा, दीपिका पादुकोण पाँचौं नम्बरमा, क्याट्रिना कैफ छैटौं नम्बरमा रहेका छन् ।

यसका साथै, ज्याकलीन फर्नाडिज सातौं नम्बरमा, अनुप्रिया गोयंका आठौं नम्बरमा, रुही सिंह नवौं नम्बरमा र आव्रिति चौधरी दशौं नम्बरमा रहेका छन् । यस लिस्टको पहिलो नम्बरमा रहेकी रिया चक्रवर्ती पछिल्लो समय निकै चर्चामा थिइन् ।

नकारात्मक विषयलाई लिएर रिया चक्रवर्तीको बारेमा समाचारहरु छापिएका थिए । अभिनेता सुशान्तसिंहको परिवारले उनीमाथि संगीन आरोप लगाएका थिए । साथै उनी ड्रग्स केसमा जेलसमेत गएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here