५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

0
82

काठमाण्डौ – २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४ सय ७१ जनाको पीसीआर गर्दा तीन हजार ५ सय ४० जना र ५ हजार ३ सय ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ५ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै यही अवधिमा ८ हजार २ सय ४३ जना निको भएका छन् । आज कोरोना निको हुनेदर ८२ दशमलव ८ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ४ लाख ८४ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण ६८ जना संक्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या ९२ हजार ९ सय २८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here