छाँयाङ्कनमा अब्बल देखिएको भीम तुलाधरको दोष सार्वजनिक (भिडियो सहित)

0
440

काठमाडौं / छाँयाङ्कनमा अब्बल देखिएको गायक भीम तुलाधरको नयाँ म्यूजिक भिडियो ‘दोष’ सार्वजनिक भएको छ ।

जुममार्फत भर्च्युअल कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो । नेपाली संगीत क्षेत्रमा किङ अफ पप समेत भनिने वरिष्ठ गायक ओम विक्रम विष्टबाट म्यूजिक भिडियोको सार्वजनिकरण गरिएको हो । म्यूजिक भिडियो गायक तुलाधरकै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ । उक्त कार्यक्रममा लोकप्रिय गायक ओम विक्रम विष्ट, सञ्जय श्रेष्ठ, जेम्स प्रधान, ज्योती घिमिरे, साक्सोफोन वादक शुभबहादुर सुनाम लगायतले म्यूजिक भिडियो निकै उत्कृष्ट बनेको भन्दै सफलताको शुभकामना दिए।आफ्ना भावना व्यक्त गर्ने क्रममा लोकप्रिय गायक ओम विक्रम विष्टले ‘दोष’ गीतको अडियोको साथमा म्यूजिक भिडियो अबल तथा उत्कृष्ट बनेको बताउनुभयो । सबै टिमले मिहेनतका साथ राम्रो काम गरेको देखिएको र म्यूजिक भिडियोका परिकल्पनाकार / निर्देशक रवि सायमि र सिनेमाटोग्राफर भवानी शिलाकारको छायाङ्कन उत्कृष्ट रहेका बताउनुभयो ।

निर्माण टिमले आफुले निकै मेहनत लगाएर म्यूजिक भिडियो बनाएको जानकारी दिँदै अब गीतको मूल्याङ्कनको जिम्मा दर्शक र श्रोतालाई दिएको बताउनुभयो ।

म्यूजिक भिडियोको सुटिङ नेपालको रमणीय स्थलहरु लमजुङको दुलेगौडा, भोटेओडार, तनहुँको बयाँपानी, मिर्लुङकोट, नर्वे ढुंगा, कुरिनटार लगायत ठाउँहरुमा गरिएको छ ।गीतमा मोडलहरु निरोज शाक्य र आराध्यलक्ष्मी खड्गीले अभिनय गरेका छन् । त्यस्तै श्रृंंगारमा सोनाली शिल्पकार रहेकी छिन् ।

‘दोष’ गीतका रचना कविन्द्रमान शाक्य र ओमहरि श्रेष्ठले गरेका छन् , संगीत गायक तुलाधरकै रहेको छ भने अरेंजर भुपेन्द्र बज्राचार्य, साक्सोफोन शुभबहादुर सुनाम रहेका छन् ।

सार्वजनिक भएको म्यूजिक भिडियोका परिकल्पनाकार र निर्देशक रवि सायमि हुन् । डाइरेक्सन अफ फोटोग्राफी भवानी शिलाकारको रहेको छ । त्यस्तै उक्त म्यूजिक भिडियोमा ड्रोन पाइलटमा प्रसन्न महर्जन, क्यामरा सहायकमा प्रविन सिंह सुवाल रहेका छन् । भिडियोको एडिटिङ वाइल्ड बुल्स प्रोडक्सनको रहेको छ ।

द इन्फुलियन्स नामक ब्याण्डबाट चचित गायक भीम तुलाधरको चर्चित गीतहरुमा माया देउ माया गर, अंगालो अंगालोमा , मेरो त घरकी आमालाई रहेको छ ।

म्यूजिक भिडियो हेर्नुहोस्ः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here