चर्चित गायक भीम तुलाधरको नयाँ म्यूजिक भिडियो ‘दोष’ भोलि सार्वजनिक हुने

0
366

काठमाडौं चर्चित गायक भीम तुलाधरको नयाँ म्यूजिक भिडियो ‘दोष’ भोलि सार्वजनिक हुने भएको छ । भोलि जुममार्फत भर्च्युअल कार्यक्रम गर्दै गीत सार्वजनिक गर्न लागिएको भिडियोका निर्देशक रवि सयामीले जानकारी दिनुभएको छ ।

नेपाली संगीत क्षेत्रमा किङ अफ पप समेत भनिने वरिष्ठ गायक ओम विक्रम विष्टबाट म्यूजिक भिडियोको लोकार्पण हुने म्यूजिक भिडियोका निर्देशक रवि सयामीले जानकारी दिनुभयो ।

भीम तुलाधरको यो गीत पहिलो पटक २०४८ सालमा जिजिविषा एल्बममा प्रकाशन भएको थियो । ‘जिजिविषा एल्बम निकाल्दा यो गीत निकै लोकप्रिय भएको, धेरैले मन पराएको गीत हो, यो गीत मलाई आफैंलाई मनपर्ने गीत हो, त्यसैले अहिलेको ट्रेन्ड अनुसारको म्यूजिक अरेंजमा फेरी रेकर्ड गरेको हो’ तुलाधरले भन्नुभयो । हालसम्ममा दर्जन बढि सोलो एल्बम बजारमा ल्याइसकेका तुलाधरको सपनीमा र जिजिविषा एल्बम निकै लोकप्रिय रहेको थियो । ‘दोष’ गीतका रचना कविन्द्रमान शाक्य र ओमहरि श्रेष्ठले गरेका छन् भने संगीत गायक तुलाधरकै रहेको छ ।

द इन्फुलियन्स नामक ब्याण्डबाट लोकप्रिय गायक भीम तुलाधरको चर्चित गीतहरुमा माया देउ माया गर, अंगालो अंगालोमा , मेरो त घरकी आमालाई रहेको छ ।

म्यूजिक भिडियोको सुटिङ नेपालको रमणीय स्थलहरु लमजुङको भोटेओडार, तनहुँको दुलेगौडा, बयाँपानी, मिर्लुङकोट, मकवानपुरको नर्वे ढुंगा, चितवनको कुरिनटार लगायत ठाउँहरुमा गरिएको छ ।

सुटिङको क्रममा
सुटिङको क्रममा
सुटिङको क्रममा

गीतमा निरोज शाक्य र आराध्यलक्ष्मी खड्गीले अभिनय गरेका छन् । त्यस्तै श्रृंंगारमा सोनाली शिल्पकार रहेकी छिन् ।

भोलि सार्वजनिक हुन लागेको म्यूजिक भिडियोका परिकल्पनाकार र निर्देशक रवि सायमि हुन् । डाइरेक्सन अफ फोटोग्राफी भवानी शिलाकारको रहेको छ । त्यस्तै उक्त म्यूजिक भिडियोमा ड्रोन पाइलटमा प्रसन्न महर्जन, क्यामरा सहायकमा प्रविन सिंह सुवाल रहेका छन् । भिडियोको एडिटिङ वाइल्ड बुल्स प्रोडक्सनको रहेको छ ।

सुटिङको क्रममा
सुटिङको क्रममा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here