२४ घण्टामा ७ हजार ८९० जना कोरोना संक्रमणमुक्त

0
328

काठमाडौँ — २४ घण्टामा देशभर ८ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको २२ हजार ३५३ पीसीआर परीक्षणमा ८ हजार ४०७ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

यस्तै २४ घण्टामा ७ हजार ८९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ पुगेको छ । क्वारेन्टाइनमा ९१२ जना छन् ।

कोरोनाबाट मृत्यु हनेको संख्या ६ हजार नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १७७ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here