चाँगुनारायणमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ

0
302

भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित चाँगुछापमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय मीना तामाङको घरमा जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले बताइन् ।

पक्राउ पर्नेमा ३४ वर्षीय अरुण गुरुङसहित ७ जना रहेका छन् । जुवा खेलाउने घरधनी मीना तामाङ फरार छिन् । जुवा खालबाट प्रहरीले ८२ हजार नगद र ६ बुक तास बरामद गरेको छ । सोमबार साँझ पक्राउ परेका उनिहरुलाई कोभिड–१९ संक्रमणको कारण मुद्दा दर्ता गरेर हाजिर जमानीमा छाडिने एसपी थापाले बताइन् ।

‘जुवा खेल्नेहरूलाई हाजिर जमानीमा रिहा गरेर मुद्दा अगाडी बढाउँछौँ’ एसपी थापाले भनिन्– ‘कोभिड संक्रमणको जोखिमका कारण उनीहरुलाई रिहा गरेर मुद्दा प्रक्रिया अगाडी बढाउन लागिएको हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here