सुन तोलामा ६ सय रुपैयाँले बढ्यो

0
155

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य लगातार उकालो लागि रहेको छ । त्यसैक्रममा मगंलबार पनि सुन तोलामा ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

सोमवार छापावाल सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । चाँदी मगलबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here