युरोपियन फुटबल च्याम्पियनसिपका लागि क्रोएसियाको २६ सदस्यीय टोली घोषणा

0
110

एजेन्सी । अर्को महिना आयोजना हुने युइएफए युरोपियन फुटबल च्याम्पियनसिपका लागि विश्व कपको साविक विजेता क्रोएसियाले २६ सदस्यीय टोली घोषणाा गरेको छ ।

ज्लाट्को डालिचले सोमबार घोषणा गरेको २६ सदस्यीय टोलीमा लुका मोडरिच, इभान पेरिसिच लगायतका स्टार खेलाडीहरूले पनि स्थान बनाएका छन् ।

जुन ११ देखि सुरु हुने युरोको समूह ‘बी’मा रहेको क्रोएसियाले १३ जुनमा इङ्ग्ल्यान्डसँग लन्डनमा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

क्रोएसियाको टोली
गोलकिपर्सः लोभरे कालिनिच, डोमिनिक लिभाकोभिच, सिमोन स्लुगा

डिफेन्डर्सः डोमागोज भिदा, डेजान लोभरेन, सिम भ्रस्लाज्को, बर्ना बारिसिच, डुजे कालेटा कार, जोसिप जुरानाभिच, डोमागोज बराडारिच, मिले स्कोरिच, जोस्को जिभार्डिओल

मिडफिल्डर्सः लुका मोडरिच, माटेओ कोभासिच, मार्सेलो ब्रोजोभिच, मिलान बाडेल, मारियो पासालिच, निकोला भ्लासिच, लुका इभानुसेच

अट्याकर्सः इभान पेरिसिच, आन्द्रे क्रमारिच, एन्टे रेबिच, जोसिप ब्रेकालो, ब्रनो पेटकोभिच, मिस्लाभ ओरिसिच, एन्टे बुडिमिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here