डेंगु भएको समयमा चिकित्सको सल्लाहा अनुसारमात्र औषधिको सेवन गर्न आग्रह

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु भएको समयमा चिकित्सको सल्लाहा अनुसारमात्र औषधिको सेवन गर्न आग्रह गरेको छ ।
रोग नियन्त्रण महाशाखा र विश्व स्वास्थ्य संगठनले बिहीबार डेंगु संक्रमणका बारेमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै डेंगु रोगको प्रकोप बढ्दै गएको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । घर वरपर पानी जम्न नदिन, सरसफाइमा ध्यान र्पुयाउन र शरीर पूरै ढाक्ने लुगा लगाएर बस्न समेत जानकारी गराएका छन् ।
कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले भने ‘डेंगु रोग नियन्त्रण गर्ने कुनै ‘भ्याक्सिन’ र औषधि छैन, त्यसकारण उपचार गर्दा लक्षणको आधारमा गर्ने गरिन्छ ।’ एदि कसैमा डेंगु संक्रमण देखिएमा औषधिको जथाभाबी प्रयोग नगरेर चिकित्सकको सल्लाहा बमोजिममात्र औषधि खानु पर्ने बताए ।
डेंगु लागेको व्यक्तिको शरीरमा पानीको मात्रा कम हुने हुँदा झोलिलो पर्दाथ बढी खाएर आराम गर्नुपर्ने उनले बताए । हाल सम्म डेंगीका कारण ६ जनाको मृत्यु भइसकेको र ५ हजार ९५ जनामा संक्रमण भएको डा. लालले बताए ।
डेंगु रोग नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले मात्र नभएर व्यक्ति , समाज स्वंयमपनि लाग्नु पर्ने र व्यवहारमा पनि परिर्वतन गर्न उत्तिकै जरुरी भएको डा. लालले बताएका छन् ।
डा. लालले भने ‘स्वास्थ्य मन्त्रालयले डेंगु लगायत अन्य रोग नियन्त्रणका लागि प्रदेशस्तरमा ६ करोड १७ लाख बजेट पठाएको छ भने स्थानिएतहमा १ करोड ६७ लाख पठाएको छ ।’
३ नम्बर प्रदेशमा सबै भन्दा बढि डेंगु संक्रमणका बिरामी देखिएको छ भने जिल्लागत रुपमा हेर्दा चितवन मकवानपुर र कास्की जिल्ला रहेका छन् ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनको दक्षिण एसियाली क्षेत्र (सेरो) हेर्न भारतस्थित कार्यालयका वरिष्ठ कीटरोग विशेषज्ञ डा. बी.एन नाग्पलले डेंगुको जोखिमबाट बच्न नागरिक आफै पनि सचेत हुनुपर्नेमा जोड दिए । सवारी–साधनको टायर, अस्पताल, सरकारी कार्यालयहरुमा समेत डेंगीको बढी जोखिम उनले बताए ।
उनले भने ‘डेंगुको लामखुट्टे स-साना कन्टेरनरमै विकसित हुने भएकाले पानी जम्नसक्ने वस्तुहरु हटाउनु पर्छ । घरभित्रको सरसफाई गर्दा पनि अध्याँरो भागमा अझ बढी सरसफाई गर्नुपर्ने र लामखुट्टे मार्ने स्प्रे गर्दा सोफा, खाटमुनि, टेबुलमुनि पनि गर्न उनले सुझाव दिए। डेंगु सार्ने लामखुट्टे प्रायः अधेरो ठाँउमा बस्ने भएकाले त्यस्तो स्थानमा बढि सरसफाई गर्नु पर्ने डा. नाग्पाल भने ।
सन् १९९६ मा विश्वमा ६ देशमा मात्र देखिएको डेंगु अहिले १२६ देशमा देखिएको छ। विश्व स्वास्थ्य संगठनको यो तथ्यांकले डेंगुले तिव्र रुपमा मानिसलाई प्रभावित बनाएको देखिन्छ ।
