नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोभिड–१९ संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

आफूमा सोमबार बिहान संक्रमण पुष्टि भएको शर्माले सामाजिक सञ्‍जालमार्फत जानकारी दिनुभएको छ । ज्वरो आएपछि आइतबार पीसीआर परीक्षणका लागि स्वाब दिइएकोमा सोमबार रिपोर्ट पोजेटिभ आएको शर्माले उल्लेख गर्नुभएको छ ।

डाक्टरसँग परामर्श गरेर होम आइसोलेशनमा बसिरहेको शर्माले उल्लेख गर्नुभएको छ । कोभिडबाट बच्न सबै सजग हुनुपर्ने पनि शर्माले उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ – ’ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिएँ, बिहानिपख रिपोर्ट आयो– पोजेटिभ, टेकुका डा मित्र अनुप बास्तोलाको निर्देशन अनुरूपको औषधि सेवन सुरु गरेको छु, डेरामै आइसोलेसनमा छु, लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ, सबैलाई विनम्र आग्रह छ – सजग बनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *