भोलिदेखि बेलुकी पसल खोल्न नदिने

0
1

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिदेखि बेलुकी पसल खोल्न नदिने भएको छ ।

कोरोना संक्रमण ह्वातै बढेकाले निषेधाज्ञा थप कडाइ गर्न भन्दै आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले बेलुक ५ देखि ७ बजेसम्म खाद्यन पसल खोल्न दिदै आएकोमा भोलीदेखि बिहान १० बजेसम्म मात्र खोल्ने बेलुका नदिने निर्णय गरेको हो ।

त्यस्तै बैंक तथा वित्तिय संस्था र अन्य सञ्चालनमा रहेका कार्यालयहरुमा स्वास्थयका मापदण्ड पुरा गरि न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्न निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए । स्थिति थप भयावह भएकाले सबैलाई सचेत रहन पनि पराजुलीले आग्रह गरेका छन् ।

काठमाडौं उपत्यका पछल्लो समय कोरोनाको केन्द्रविन्दु बन्दै गएको छ । आजमात्रै उपत्यकामा नेपालमा अहिलेसम्मकै सबै भन्दा बढी संक्रमित भेटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here