नेपालमा कोभिड–१९ संक्रमितको संख्यामा नयाँ रेकर्ड

काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमितको संख्यामा नयाँ रेकर्ड बन्न थालेको छ ।

गत २४ घण्टामा ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा एकैदिन यति धेरै संख्यामा संक्रमित थपिएको पहिलो पल्ट हो ।

१६ हजार १ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार १ सय ३७ मा र ६ सय २३ जनाको एन्टिजेन परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको हो । गत साता भन्दा दुई गुणा बढी संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौं उपत्यकाका मात्र ३ हजार ५ सय ९५ छन् । काठमाडौंका २ हजार ७ सय ४४, भक्तपुरका ३ सय १ र ललितपुरका ५ सय ५० जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । तीमध्ये २ लाख ८३ हजार ९ सय ९४ जना निको भएका छन् । गत २४ घण्टामा १ हजार ६ सय १२ जना संक्रमुक्त भएका मन्त्रालयले आइतबार जारी गरेको तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा २७ जना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७ सय ११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *