गण्डकी प्रदेशमा दुई कोरोना संक्रमितको ज्यान गयो

गण्डकी । गण्डकी प्रदेशमा आज दुई कोरोना संक्रमितको ज्यान गएको छ ।

पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका–६ का ८२ वर्षीया सङ्क्रमित महिलाको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

त्यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको हिजो राति १२ः४५ बजे मणिपाल अस्पतालमा निधन भएको निर्देशनालयले जनाएको छ ।

यीसँगै प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या दुई सय २३ पुगेको छ ।

–रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *