त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई जनही चार लाख रुपैयाँँ

काठमाडौं । सरकारले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई जनही चार लाख रुपैयाँँ दिने भएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिनुभएको हो । नेपाली फुटबल टोलीका सदस्यलाई चार लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

नेपालसहित बंगलादेश र कीर्गिस्तान सहभागी लिगमा नेपालले उपाधि जितेको थियो । खेलाडीको मनोबल उच्च राख्न सम्मानले केही सहयोग पुग्ने पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *