गायक प्रभानन्द वैद्यको”किन आज ” शिर्षक गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

0
1

विगत ५ वर्षदेखि संगीत क्षेत्रमा डुब्दै आउनु भएका गायक प्रभानन्द वैद्यको स्वरमा रहेको किन आज शिर्षक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

काठमाडौंको भएको एक कार्यक्रमविच वरिष्ठ हास्य कलाकार सन्तोष पन्तले उक्त म्यूजिक भिडियोको सार्वजनिकरण गर्नुभएको हो।

उक्त गीतको रचना तथा संगीत महेशराज थापाले गर्नुभएको हो । त्यस्तै उक्त गीतको एरेञ्जरमा डिजे सन्तोष रहेका छन् ।

उक्त गीतको भ्यूजिक भिडियोमा नव प्रतिभाहरु ग्रिस वैद्य र रेजिसा डंगोलले अभिनय गर्नुभएको छ ।

उक्त म्यूजिक भिडियोको क्यामेरामा भवनी शिलाकार हुनुहुन्छ, जसले सुन्दर दृश्यहरु समेट्नु भएको छ । भ्यूजिक भिडियोको छायाँकन देशको मनोरम स्थ्लहरु नगरकोट,मार्खु-कुलेखानी ड्याम र चितलाङमा गरिएको छ ।

त्यस्तै उक्त म्यूजिक भिडियो परिकल्पाना तथा निर्देशन वरिष्ठ छायाँकार तथा निर्देशक रवि सायमीले गर्नुभएको छ ।

व्यवसायिक रुपमा नेविको प्रा. लि. का डाइरेक्टर रहनुभएका प्रभानन्द वैद्यको यस अघि जून अब फेरि किन ? र हो व्यर्थै तिमीलाई शिर्षक गीतहरु लोकप्रिय भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here