त्रिभुवन आर्मी क्लबको लज्जास्पद हार

एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो खेलमा नेपालको त्रिभुवन आर्मी क्लबले लज्जास्पद हार बेहोरेको छ।

आर्मीलाई बुधबार भारतको गोवामा भएको खेलमा बेंगलुरू एफसीले ५–० गोलले पराजित ग¥यो।

पराजयसँगै आर्मी कपबाट बाहिरिएको छ। यसअघि आर्मीले प्रारम्भिक छनोटको पहिलो खेलमा गत साता दशरथ रंगशालामा श्रीलंका पुलिसलाई ५–१ गोलले पराजित गरेको थियो।

बुधबार गोवामा आर्मीले घरेलु टिमलाई पहिलो हाफमा गोलरहित बराबरी रोकेको थियो। तर दोस्रो हाफमा घरेलु टिम बेंगलुरू उत्कृष्ट लयमा देखियो।

बेंगलुरूका लागि राहुल भेके र क्लेन्टन सिल्भाले दुई दुई गोल गरे।

कप्तान सुनील क्षेत्रीले एक गोल गरे।

आर्मीले १४ मिनेट भित्र पाँच गोल खादा दबाबमा परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *