स्पेनी खेलाडी पेड्रो मान्जीले विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग खेल्ने

१ वैशाख, काठमाडौं । स्पेनी खेलाडी पेड्रो मान्जीले विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग खेल्ने भएका छन् । पछिल्लो समय भारतमा व्यवसायिक फुटबल खेलिरहेका पेड्रो पहिलो पटक नेपालमा खेल्न आउन लागेका हुन् ।

उनी बुधबार नेपाल आइपुगेका छन् । उनलाई क्लबका प्रतिनिधिहरुले विमानस्थलमा स्वागत गरेका थिए ।

३२ वर्षीय सेन्टर फर्वाड पेड्रोले भारतीय आईलिग क्लब मोहम्मेडन स्पोटिङ क्लबबाट खेलेका थिए । यस्तै उनले आईएसएल चेन्नई सिटीबाट खेलेका थिए ।

उनले चेन्नईमा २३ खेल खेल्दै २६ तथा मोहम्मेडनमा ८ खेल खेल्दै ६ गोल गरेका थिए । पेड्रो मान्जीले सन् २०१९ मा चेन्नाईबाट आई लिग जित्नुका साथै सर्वाधिक गोलकर्ता बनेका थिए ।

पेड्रो स्पेनिस क्लब लास पाल्मासको युथ टोलीका खेलाडी हुन् ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा नेपाल सुपर लिग वैशाख ११ देखि जेठ १ गतेसम्म दशरथ रंगशालामा आयोजना हुनेछ । लिगमा ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *