वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा

0
1

काठमाडौं– काठमाडौंको महांकालस्थित् वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा आएको छ।

वीरको रातो भवनको चौथो तलामा रहेको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा लागेको आगो नियन्त्रणमा आएको हो।

विद्युतको तार सर्ट भएर उक्त विभागको सोफाबाट आगो सल्किएको थियो। समयमै प्रहरीलाई खबर गरेका कारण आगो नियन्त्रणमा आएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here