भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु

0
1

रासस (एएनआई) / भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा शनिबार घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । ‘छत्तीसगढको सुक्मा–विजपुरमा नक्सल विद्रोहीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,’ स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भने। घटनामा परी अरु ३१ जना घाइते भएको उनको भनाइ छ ।

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरू खतरामुक्त रहेको बताए ।उनले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरूको खोजी भइरहेको पनि पत्रकारहरुलाई जानकारी दिए । केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर उद्धार तथा खोजीका बारेमा चासो राखेको मुख्यमन्त्री बघेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here