त्रिदेशीय टी–२० क्रिकेट सिरिजका लागि खेलाडीहरू बन्द प्रशिक्षणमा

आगामी वैशाख ४ गतेदेखि हुने त्रिदेशीय टी–२० क्रिकेट सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

आइतबार क्यानले २० सदस्यीय टिमलाई बन्द प्रशिक्षणमा बोलाएको हो। नेपाली टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुनेछ।

यी हुन् बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरू

ज्ञानेन्द्र मल्ल
विनोद भण्डारी
सन्दीप लामिछाने
आसिफ सेख
लोकेस बम
साहब आलम
पवन सर्राफ
पारस खडका
सोमपाल कामी
अविनाश बोहरा
कुशल भुर्तेल
कमल सिंह ऐरि
सन्दीप जोरा
ललित नारायण राजवंशी
दीपेन्द्र सिंह ऐरि
करण केसी
आरिफ सेख
कुशल मल्ल
सुशन भारी
विक्रम सोब
क्यानका अनुसार सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।

सिरिज आगामी वैशाख ४ देखि ११ गतेसम्म हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *