यसवर्ष सेतो मच्छिन्द्रनाथ रथयात्रा हुने

काठमाडौँ / यसवर्ष सेतो मच्छिन्द्रनाथ रथयात्रा हुने भएको छ । सेतो मच्छिन्द्रनाथ रथयात्रा मुल समारोह व्यवस्थापन समितिको आइतबार बसेको बैठकले रथ जात्रा गर्ने निर्णय गरेको समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका वडा नं‍ २५ का वडाध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

गतवर्ष सेतो मच्छिन्द्रनाथ रथयात्रा स्थगित भएको थियो । नेपाल सरकारले तय गरेको स्वास्थ्य मापदण्ड अपनाएर रथयात्रा गर्ने शाक्यले बताए । उनले भने, ’गतवर्ष जात्रा मनाएनौँ । तर, अहिले अवस्था फेरिएको छ । आज गुठीका प्रतिनिधि, स्थानीय संघस‍ंस्था र सरोकारवालाहरूले जुन सुकै परिस्थितिमा पनि जात्रा निरन्तरता हुनुपर्ने धारणा आएपछि रथयात्रा गर्ने निधो भएको हो ।’

महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षामा ध्यान दिएर जात्रालाई निरन्तरता दिइने समितीका सदस्य एवं सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सेवक परिचालनको जिम्मा पाएका गणपतिलाल श्रेष्ठले जानकारी दिए । उनले भने, ’यसपटक विपद्सँगै स्वास्थ्य सुरक्षामा मुख्य ध्यान दिइनेछ ।’

नेपालमा मनाइने सांस्कृतिक परम्परागत जात्रामध्ये सहकालका देवता आर्यवलोकितिश्वर(सेतो मच्छिन्द्रनाथ)को रथयात्रा पनि मुख्य जात्रा हो । सेतो मच्छिन्द्रनाथलाई ’वर्षाको देवता’ भनिन्छ। जात्राको पहिलो दिन जमलबाट असनसम्म रथ तानिन्छ भने दोस्रो दिन असनबाट हनुमानढोका र तेस्रो दिन हनुमानढोकाबाट लगन पु¥याएर रथयात्रा टुंगिन्छ। यसवर्ष बैशाख ७ गतेबाट एकहप्ता जात्रा सञ्‍चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *