महोत्तरीबाट बेपत्ता भएका सात बालिका र किशोरी भारतमा भेटि

0
1

काठमाडौं । महोत्तरीबाट बेपत्ता भएका सात बालिका र किशोरी भारतमा भेटिएका छन् ।

मंगलबार बिहानदेखि हराएका उनीहरु भारत बिहानकाे सीमामढी सीतामढीस्थित सुरशन गाउँमा भेटिएको सूचना प्राप्त भएकाे जिल्ला प्रहरी कार्यालय महाेत्तरीले जनाएकाे छ । उनीहरु फेला परेकाे ठाउँमा प्रहरीकाे टाेली पठाइएकाे जिल्ला प्रहरी कार्यालय महाेत्तरीका एसपी दिनेश आचार्य जानकारी दिनुभयाे ।

मानव तस्करीमा संलग्न गिराेहले उनीहरुलाई भारत पुर्‍याइएकाे हुनसक्ने बताउँदै उहाँले भन्नुभयाे  – ‘घटनाकाे अनसन्धान अगाडि बढाइएकाे छ, बालिकाहरुलाई भारतीय सुरक्षा निकायसँग समन्वय गरेर नेपाल फर्काउने तयारी भइरहेकाे छ ।’

मंगलबार बिहानै घाँस काट्न गएका १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान साँझसम्म घर फर्किएनन् । त्यसपछि स्थानीय र प्रहरीले उनीहरुकाे खाेजी गरेकाे थियाे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here