नेकपा ब्युँताउनुपर्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालतमा

0
1

काठमाडौं । नेकपा ब्युँताउनुपर्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुग्नुभएको छ ।

सर्वोच्चको फागुन २३ गतेको फैसला पुनरावलोकनका लागि प्रचण्डसहितको टोली मंगलबार सर्वोच्च पुगेको हो । टोलीमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल लगायत नेता सहभागी हुनुहुन्छ ।

सर्वोच्चले गत फागुन २३ गते साविक नेकपा विभाजन गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । नेकपाको आधिकारिता ऋषि कट्टेललाई दिएको थियो । सो निर्णयविरुद्ध प्रचण्ड आज पुनरावलोकनका लागि जानुभएको हो ।

कानुनविद्सँग चरणबद्ध रुपमा छलफल गरेर मात्र पुनरावलोकनमा गइएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कानुन व्यवसायीले सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जान सुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here