त्रिदेशीय अन्तरार्ष्टिट्रय फुटबल प्रतियोगिताको उपाधि नेपालले जित्यो

काठमाडौं । त्रिदेशीय अन्तरार्ष्टिट्रय फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ गो अन्तरले पराजित गर्दै नेपाललले उपाधि जितेको हो । नेपालले २ गोल पहिलो हाफमा गरेको थियो । नेपालका लागि खेलको १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले समान १–१ गोल गरे ।

बंगलादेशका सब्स्टिच्युट खेलाडी महबुबुर रहमानले ८३औं मिनेटमा एक गोल फर्काएका थिए ।

समूह चरणमा बंगलादेश र किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको नेपाल गोल नै नगरी फाइनलमा पुगेको हो ।

खेलाडीलाई हौसला दिन प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुग्नुभएको थियो । खेलाडीले गोल गर्दा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै हौसला दिनु भएको थियो । प्रधानमन्त्री खेल अवधिभर रंगशालामा बस्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *