देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय

काठमाडौं । सरकारले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेकाे छ ।

वायु प्रदूषण नियन्त्रणमा नआएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेकाे हाे । मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले साे निर्णय गरेकाे हाे ।

यसअघि साेमबार नै बालुवाटारमा आयाेजित कार्यक्रममा प्रधानमन्त्री ओ‌लीले वायु प्रदूषण नियन्त्रणमा नआए केही दिन विद्यालय बन्द हुन सक्ने जानकारी दिनुभएकाे थियाे । 

काठमाडाैं उपत्यकामा केही दिन यता वायु प्रदुषण उच्च रुपमा बढेकाे छ । देशका विभिन्न ठाउँमा लागेकाे डढेलाेका कारण वायु प्रदूषण बढेकाे हाे ।  गत शुक्रबार यता उपत्यकामा वायु प्रदूषण निक्कै बढेकाे छ । पानी नपरेसम्म प्रदूषण नियन्त्रण नहुने जल तथा माैसम विज्ञान विभागकाे माैस पूर्पानुमान महाशाखाले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *